काठमाडौं । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईको ९९ वर्षको उमेरमा निधन भएको छ । उहाँको आज काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
१९७८ माघ १५ मा जन्मिएका प्रसाई सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष हुनुभएको थियो । उहाँको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वकोषाध्यक्ष प्रसाईको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष, अग्रज समाजसेवी, सत्यवादी नेताका रुपमा आफ्नो बेग्लै पहिचान बनाउनुभएका रामबाबु प्रसाईको निधनको खबरले दुखी बनाएको बताउदै उहाँले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु देउवाले भन्नुभयो ।