Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इजरायलमा घाइते नेपालीको सरकारको खर्चमा उपचार गर्न माग

इजरायलमा घाइते नेपालीको सरकारको खर्चमा उपचार गर्न माग

  • मंगलवार, आश्विन २३ २०८०

  • 639
    SHARES

  • इजरायलमा घाइते नेपालीको सरकारको खर्चमा उपचार गर्न माग

    काठमाडौं । नेपाली कांग्रेसले इजरायल आक्रमणमा घाइते भएकाहरुको सरकारको खर्चमा उपचार गर्न माग गरेको छ ।

    कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले गरेको आक्रमणको भर्त्सना गरेको छ ।

    कांग्रेसले मृतकको शव यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन माग गरेको छ । घटनामा घाइते भएका दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।

    साथै सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न समेत कांग्रेस संसदीय दलको बैठकले माग गरेको छ ।

    कांग्रेसले इजरायलमा भएका नेपालीहरुको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गर्न र सुरक्षित स्थानमा राखेर आवास र भोजनको व्यवस्था माग गरेको छ ।


    मंगलवार, आश्विन २३ २०८००४:०९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij