Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनआरएनए अध्यक्षका उम्मेदवार आरके शर्मा ४० देश घुमेर काठमाडौँमा

एनआरएनए अध्यक्षका उम्मेदवार आरके शर्मा ४० देश घुमेर काठमाडौँमा

  • मंगलवार, आश्विन २३ २०८०

  • 803
    SHARES

  • एनआरएनए अध्यक्षका उम्मेदवार आरके शर्मा ४० देश घुमेर काठमाडौँमा

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका प्रत्यासी आरके शर्मा काठमाडौँ आइपुग्नु भएको छ । चुनावी प्रचार प्रसारका लागि लागि ४० देशमा नेपालीहरुसँग भेटघाट गरेर उहाँ स्वदेश फर्किनु भएको हो ।

    उहाँ काठमाडौँ आइपुग्दा उनका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।
    स्वागतका लागि शर्माको टीममा रहेका उम्मेदवारदेखि मतदाता र अभियन्ताहरु पुगेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफू नेतृत्वमा पुगेका एनआरएनएलाई सशक्त र सम्मानित बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनु भयो ।

    यसअघि नै आफूले २ वर्षे कार्यकालमा गर्ने कामको फेहरिस्तसहितको बाचापत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै शर्माले त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रीत हुने अठोट व्यक्त गर्नुभयो ।

    वैधानिक च्यानलबाट रेमिट्यान्स आउने व्यवस्था मिलाउन ढिलाइ भइसकेको उल्लेख गर्दै शर्माले एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहेको बताउनु भयो । ‘देशमा आर्थिक क्रान्तिका कार्यहरु गर्न ढिलाइ भइसकेको छ। एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहन्छ’, उहाँले भन्नुभयो । अबको एक दशक जति दुख गरेर भएपनि देशको आर्थिक क्रान्तिमा होमिनुको विकल्प नभएको उहाँको भनाइ छ ।

    उहाँले एनआरएनएलाई एकताबद्ध बनाएर लैजाने आफ्नो स्पष्ट योजना रहेको उल्लेख गर्दै भन्नुभयो, ‘एनआरएनए सबैको साझा चौतारी हुनुपर्छ, धनीको मात्रै संस्था भयो भन्ने आरोप पनि छ, सबै यो संस्थामा समेट्ने गरी एनआरएनएलाई एकताबद्ध बनाउँछु ।’

    उहाँले एनआरएनए अभियानकै क्रममा आफूले पछिल्लो महिना मात्रै विश्वका ४० वटा देश घुमेको जानकारी दिदै विदेसिएका नेपालीहरुको पिरमर्कलाई राम्ररी बुझ्ने मौका पाएको उल्लेख गर्नुभयो।

    एनआरएनएको ११ औँ विश्व सम्मेलन यही अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ। विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि हालसम्म शर्मासहित बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र विनय अधिकारीसमेतले उम्मेदवारी घोषणा गर्नु भएको छ । हालसम्म उम्मेदवारी घोषणा गरेकामध्ये शर्मा बलिया उम्मेदवार मानिनुहुन्छ ।

    केही साताअघि कतारमा आयोजित कार्यक्रमबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्नु भएका शर्माले सो क्रममा ‘२४ महिना २४ कार्यक्रम’ नाम दिइएको बाचापत्रमा सार्वजनिक गर्नु भएको थियो ।


    मंगलवार, आश्विन २३ २०८००९:२०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij