काठमाडौं । नेपालमा कोरोना भाइरसका थप दुई हजार ५९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ४५ हजार २३७ जनाको पिसिआर परीक्षण गरिएको हो ।
देशभरका संस्थागत आइसोलेसन ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१८ जना आइसियूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको छ ।