Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशबाट पनि मनसुन बाहिरिँदै, आज यी स्थानमा वर्षाको सम्भावना

लुम्बिनी प्रदेशबाट पनि मनसुन बाहिरिँदै, आज यी स्थानमा वर्षाको सम्भावना

  • सोमवार, आश्विन २२ २०८०

  • 1.3K
    SHARES

  • लुम्बिनी प्रदेशबाट पनि मनसुन बाहिरिँदै, आज यी स्थानमा वर्षाको सम्भावना
    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने क्रम जारी छ। आइतबार साँझसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण रुपमा मनसुन बाहिरिएको छ। लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिन थालेको छ। अबको केही दिनमै नेपालबाट मनसुन बाहिरिने विभागले जनाएको छ। 
     
    विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सोमबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।
     
    विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
     
    महाशाखाका अनुसार सोमबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


    सोमवार, आश्विन २२ २०८००६:३४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij