Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भूकम्प प्रभावित क्षेत्र बझाङमा प्रधानमन्त्री, आवास निर्माणमा ५० हजार, मृतकलाई २ लाखको आश्वासन

भूकम्प प्रभावित क्षेत्र बझाङमा प्रधानमन्त्री, आवास निर्माणमा ५० हजार, मृतकलाई २ लाखको आश्वासन

  • शुक्रवार, आश्विन १९ २०८०

  • 573
    SHARES

  • भूकम्प प्रभावित क्षेत्र बझाङमा प्रधानमन्त्री, आवास निर्माणमा ५० हजार, मृतकलाई २ लाखको आश्वासन

    काठमाडौं । मंगलबार गएको भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बझाङ पुग्नुभएको छ ।

    टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।

    आज नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै टोली बझाङ पुगेको हो । यस अघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भिम भण्डारी, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेको थियो ।

    बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलवार गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा धेरै क्षति बझाङमा भएको छ।

    बझाङमा मात्रै भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरूमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

    यता, प्रचण्डले बझाङ भूकम्पबाट पूर्ण क्षति भएका प्रति घर परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि ५० हजार दिने घोषणा पनि गर्नुभएको छ । भुकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु हुनेका परिवारलाई तत्काल २ लाख राहत दिने उहाँको भनाइ थियो ।


    शुक्रवार, आश्विन १९ २०८००४:३४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij