काठमाडौं । नेपाली बजारमा बिहीबार(आज) पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बढेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३०० सय कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ६ हजार ८०० प्रतितोला पुगेको छ ।
हिजो बुधबार सुनको मूल्यमा ३०० सयले वृद्धि भएको थियो । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० कायम भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४०० पुगेको थियो ।
आज नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामै एक सय ८७ ले घटेको हो । आज चाँदी प्रतितोला एघार सय २३ मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार र बुधबार चाँदीको मूल्य स्थिर हुँदै १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।