Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कात्तिक १० गतेदेखि आईपीओ निष्कासन गर्दै मुक्तिनाथ कृषि कम्पनी

कात्तिक १० गतेदेखि आईपीओ निष्कासन गर्दै मुक्तिनाथ कृषि कम्पनी

  • बिहिवार, आश्विन १८ २०८०

  • 890
    SHARES

  • कात्तिक १० गतेदेखि आईपीओ निष्कासन गर्दै मुक्तिनाथ कृषि कम्पनी
    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० कात्तिकदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
     
    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
     
    कम्पनीले पहिलो चरणमा सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको सेयरको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।
     
    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
     
    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ लिमिटेड ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओका लागि २४ कात्तिकसम्म आवेदन दिन सक्नेछन् ।
     
    कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
     
    कृषक तथा कृषि व्यवसायीहरूको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरू मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा काम गरिरहेको कम्पनीको मुक्तिनाथ विकास बैंकको समेत लगानीमा स्थापना भएको कम्पनीको सञ्चालक समिति अध्यक्षमा मुक्तिनाथ विकास बैंककै अध्यक्ष भरतराज ढकाल हुनुहुन्छ।
     
    आर्थिक वर्ष २०७६र७७ र आव २०७७/७८ मा नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०७८/७९ मा भने ठुलो नोक्सानीमा गएको थियो ।गत आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा रहेको छ । कम्पनी ४ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।


    बिहिवार, आश्विन १८ २०८००१:१८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij