Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अब जर्मनी र रोमानियासँग पनि श्रम सम्झौता हुने

अब जर्मनी र रोमानियासँग पनि श्रम सम्झौता हुने

  • बुधवार, आश्विन १७ २०८०

  • 818
    SHARES

  • अब जर्मनी र रोमानियासँग पनि श्रम सम्झौता हुने

    काठमाडौं। मन्त्रीपरिषदको बैठकले नेपाल सरकार र जर्मनी सरकार तथा रोमानिया सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ।

    हिजो भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले उक्त सम्झौतासम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डलाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिनु भयो।

    यसतै बैठकले नेपाल र मेलेसिया सरकारका परराष्ट्र मन्त्रीहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने, नेपाल र स्वीटजरल्यान्ड तथा रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ।

    बैठकले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनु भयो। मन्त्रिपरिषद्ले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ खारेज गर्ने निर्णय गरेको छ भने विभिन्न मन्त्रालयका लागि अस्थायी दरवन्दी स्वीकृत गरेको छ।

     


    बुधवार, आश्विन १७ २०८००५:३४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij