Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

धरान र विराटनगरमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्युु

धरान र विराटनगरमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्युु

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.3K
    SHARES

  • धरान र विराटनगरमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्युु

    काठमाडौं । कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्युु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीका दुई जना कोरोना संक्रमितको आज मृत्यु भएको छ।

    प्रतिष्ठानका अनुसार इटहरी उपमहानगरपालिकाका ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

    प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार आज बिहान प्रतिष्ठानकै कोभिड १९ अस्पतालमा इटहरी ६ का पुरुषको मृत्यु भएको हो। उनमा असोज २० गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । प्रतिष्ठानमा उपचाररत रहेका बिरामीमा पोजिटिभ देखिएसँगै थप उपचारका लागि असोज २२ गते कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

    त्यसैगरि, अर्का बिरामी दुहबीका ५२ वर्षीय पुरुषको पनि आज उपचारकै क्रममा मृत्यु भएको हो । मिर्गौला सम्बन्धी पुरानो समस्या रहेका बिरामीमा असोज १२ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । धरानस्थित वीपीमा हालसम्म ४६ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

    यसैविच, विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जना पुरुषको पनि मृत्यु भएको छ। मोरङको रंगेलीका एक वृद्ध र धरानका एक जना पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुुभएको छ ।

    उहाँका अनुसार धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको हो। श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या रहेका पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो।

    त्यस्तै मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको उपचारका क्रममा आइसोलेसनमै गयराति मृत्यु भएको हो । दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दा पोजेटिभ आएको थियो ।

     


    शुक्रवार, आश्विन २३ २०७७१०:३९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij