Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तुलसीपुरका मेयरसहित २१ जनामा संक्रमण पुष्टि, उपमहानगरपालिकाका १९ वटै वडा एक हप्ताका लागि बन्द

तुलसीपुरका मेयरसहित २१ जनामा संक्रमण पुष्टि, उपमहानगरपालिकाका १९ वटै वडा एक हप्ताका लागि बन्द

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.1K
    SHARES

  • तुलसीपुरका मेयरसहित २१ जनामा संक्रमण पुष्टि, उपमहानगरपालिकाका  १९ वटै वडा एक हप्ताका लागि बन्द

    तुलसीपुर । तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेसहित २१ जनामा कोरोना संक्रमण देखिएको छ ।संक्रमण पुष्टि भएपछि असोज २९ गतेसम्मको लागि उपमहानगरपालिका वन्द गर्ने निर्णय गरिएको छ ।

    तुलसीपुर उपमहानगरपालिका र सबै १९ वटै वडाहरु २९ गतेसम्मका लागि वन्द गर्ने निर्णय भएको वसन्त आचार्यले जानकारी दिनुुभएको छ ।
    तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार विहीवार तुलसीपुरमा २१ जनामा संक्रमण पुष्टि भएको छ ।

    केसीका अनुसार तुलसीपुरमा हालसम्म संक्रमितको संख्या २ सय ८८ पुगेको छ । दाङमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ३ सय २४ पुगेको छ । हालसम्म दाङमा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

     


    शुक्रवार, आश्विन २३ २०७७०७:२१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij