Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको प्रदेश अधिवेशन : जुटेन सर्वसम्मत सहमति, ओलीपछिका नेताहरूको समानान्तर गतिविधि (खास खबर)

एमालेको प्रदेश अधिवेशन : जुटेन सर्वसम्मत सहमति, ओलीपछिका नेताहरूको समानान्तर गतिविधि (खास खबर)

गुटगत राजनीतिको गुँड निर्माण हुँदै
  • शुक्रवार, आश्विन १२ २०८०

  • 1.1K
    SHARES

  • एमालेको प्रदेश अधिवेशन : जुटेन सर्वसम्मत सहमति, ओलीपछिका नेताहरूको समानान्तर गतिविधि (खास खबर)
    काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि पहिलो पटक भइरहेको नेकपा एमालेको प्रदेश अधिवेशनमा सबै ठाउँमा प्रतिस्पर्धा नै हुने देखिएको छ । प्रदेश कमिटी अध्यक्षका लागि आकांक्षी धेरै हुँदा मतदानको प्रक्रियाबाट नेतृत्व चयन भइरहेको छ । यद्यपि पार्टीले प्यानल नै बनाएर निर्वाचनमा जान नपाइने गरी निर्देशन जारी गरेको छ ।
     
    एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्न दिएको निर्देशनको अवज्ञा भएको छ । ओलीपछिका भावी अध्यक्षका दाबेदारले नै समानान्तर गतिविधि चलाएको भन्दै पार्टी पंक्तिमा आलोचना शुरु भएको छ । एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनुभएको थियो । निकटतम प्रतिस्पर्धी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी हुनुभएको हो । कोशी प्रदेशमा समेत आजबाट अधिवेशन शुरु भएको छ । कोशी प्रदेश कमिटी सदस्य एवं सुनसरी जिल्ला अध्यक्ष रेवती भण्डारीले सहमतिको प्रयास खोजिने नभए लोकतान्त्रिक विधि अवलम्बन गर्ने बताउनुभएको छ । 
     
    बागमती प्रदेशमा प्रदेश अध्यक्ष चयनका लागि आज मतदान भएको छ । लामो समयसम्म सहमति गर्न खोजिए पनि सर्वसम्मत भएन । एमाले कर्णाली प्रदेशको अधिवेशन वीरेन्द्रनगरमा बुधबारदेखि जारी छ । प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह र कालिकोटका मीनबहादुर शाही प्यानल नै बनाएर चुनाव लड्ने तयारीमा छन् । कर्णाली प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महताराले सबैका बीचमा सहमति खोज्ने प्रयास सफल हुन नसकेपछि निर्वाचन विकल्प भएको बताउनुभयो । 
     
    सबै प्रदेशमा सहमतीय प्रयासका लागि पार्टी अध्यक्ष ओलीले दिएको निर्देशनलाई पालना गर्नुपर्ने एमाले सामाजिक विभागका प्रमुख झपट बोहराले बताउनुभयो । विगतका दृष्टान्तलाई हेर्दा लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन भएको बताउँदै उहाँले प्यानल बनाउन छुट नभएको स्पष्ट पार्नुभयो । 
    एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले स्वाभाविक प्रक्रियामा धेरै चिन्ता लिनु आवश्यक नरहेको बताउनुभयो । लुम्बिनीको उदाहरण दिँदै उहाँले निर्वाचनका प्रतिस्पर्धी अहिले अँगालो बाँधेर हिँडेको दाबी गर्नुभयो । 
     
    नेकपा एमालेले पहिलो पटक गरेको प्रदेश अधिवेशनमा अध्यक्ष ओलीको निर्देशनलाई अटेर गरिएको छ । आन्तरिक रुपमा आफ्नो प्यानल बनाउन केन्द्रीय नेताहरू होमिँदा तल्लो पंक्तिका नेताहरू रनभुल्ल बनेका छन् । जसले गुटको गुँड निर्माण गरेको छ । 
     


    शुक्रवार, आश्विन १२ २०८००८:१९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij