Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनआरएनए मध्यपुर्व संयोजकमा रमेश श्रेष्ठको उम्मेदवारी

एनआरएनए मध्यपुर्व संयोजकमा रमेश श्रेष्ठको उम्मेदवारी

  • शुक्रवार, आश्विन १२ २०८०

  • 712
    SHARES

  • एनआरएनए मध्यपुर्व संयोजकमा रमेश श्रेष्ठको उम्मेदवारी

    माधव न्यौपाने, युएई - गैर आवासिय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिए संगै उम्मेदवारी घोषणा हुन थालेका छन।एनआरएनए बिभिन्न शिलशिलामा नेपाल भन्दा बाहिर रहेका नेपालीहरुको सस्था हो।

    मध्यपुर्वमा नेपालीका लागी रोजगारीको आकर्षक गन्तव्य मुलुकको रुपमा रहेको युएई मा पनि एनआरएनए निर्वाचनको चर्चा सुरुभएको छ। बिभिन्न पेशा तथा व्यवसाय गर्दै युएईमा सामाजिक गतिबिधिमा सकृय ब्यक्तिहरुले उम्मेदवारि समेत घोषणा गरेका छन।

    अक्टोवर १७/२० मा हुने एनआरएनए को निर्वाचनमा मध्यपूर्व संयोजकमा युएईबाट रमेश श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । श्रेष्ठले उम्मेदवारी घोषणा संगै ९ बुदे प्रतिबद्दता पत्र समेत सार्वजनिक गरेका छन। श्रेष्ठले सार्वजनिक गरेको प्रतिवद्दता पत्रमा बिशेषतः मध्यपुर्वमा रहेका श्रमिकको समस्या समाधनमा जोड दिईएको छ।

    मध्यपुर्वमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन अभिमुखिकरण कार्यक्रम तथा सहजिकरण गर्ने, राहत तथा उद्दार कार्यका लागी मध्यपूर्वका सम्पुर्ण राष्ट्रिय समन्वय समितिहरु सँग सहकार्य गर्दै राहत तथा उद्दार समिति गठन गर्ने र बिभिन्न कारणले स्वदेश फर्किने श्रमिकलाई पुर्नस्थापनाका लागी नेपाल सरकार तथा बैदेशिक रोजगार बिभागसँग समन्वय गर्ने श्रेष्ठको प्रतिवद्धता पत्रमा उल्लेख छ।

    नेपाली कामदारमाथि कार्यक्षेत्रमा हुने विभेद र असमान ज्याला वितरण प्रणाली का बारेमा सरकारको ध्यानाकर्षण गराउने र समान कामको समान ज्यालाका लागी सरोकारवाला निकायसंग छलफल गरि कार्यन्वयनको लागी पहल गर्ने श्रेष्ठको प्रतिवद्धता पत्रमा उल्लेख छ।थोरै बोलेर धेरै काम गरि मध्यपुर्वलाई एनआरएनएको उत्कृष्ट नमुना क्षेत्र बनाउने घोषणा सहित मध्यपुर्वका हरेक राष्ट्रिय समन्व्य समितीहरुको आफ्नै कार्यलय खोल्न आइसिसि सङ्ग समन्वय तथा पहल गर्ने समेत प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन ।

    लामो समय देखि युएई बस्दै आएका श्रेष्ठ सन् २०१० देखी एनआरएनए मा जोडिएर एनआरएनए युएईको सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुदै अध्यक्ष पद समेत समालिसकेका छन। श्रेष्ठ मध्यपुर्वमा एनआरएनएको बिभिन्न अभियान संगै सामाजिक गतिविधिमा समेत सकृय रुपमा संलग्न हुदै आएका छन।


    शुक्रवार, आश्विन १२ २०८००८:४६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij