माधव न्यौपाने युएई । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, श्रमिकको समस्या समाधान गर्न मेरो उम्मेदवारी भन्दै एनआरएनए आईसिसि को उपाध्यक्ष मा सुदिप कार्कीले उम्मेदवारि घोषणा गरेका छन।
अक्टोवर १७(२० मा हुने एनआरएनए को निर्वाचनमा उपाध्यक्षका लागी युएईबाट कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन।
सन २०११ बाट सकृय रहेका कार्कीले एनआरएनए युएईको उपाध्यक्ष र अध्यक्ष पद समेत समाली सकेका छन।
नेपाली रेडियो नेटवर्कसंग कुरा गर्दै ‘असली श्रमीकको समस्या बुझ्ने श्रमीकले हो, म पनि श्रमीक हुँ असली श्रमीकको प्रतिनिधित्व गर्ने गरि उम्मेदवारी दिन लागेको हु’ कार्कीले भने। मध्यपुर्वका एनआरएनहरु जसले श्रमीकको लागी हामी काम गर्छौ भन्छन उनिहरु कोहि म्यानपावार व्यावसायी तथा कोही कम्पनीका मालीक भएको हुदा असली श्रमीकको प्रतिनिधित्व हुन नसक्ने कार्की भनाई छ।
बिदेशमा बिभिन्न कारणले नेपालीहरु समस्यामा पर्ने र त्यसको समाधनका लागी श्रमीकले नै पैसा उठाउनु पर्ने अबस्थाको अन्त्य गर्नु नै आफ्नो मुख्य एजेण्डा रहेको बताए।
त्यसका लागी रोजगारीका लागी जाने बेलामा गरिने बिमा रकमको सदुपयोग गर्न नेपाल सरकारका सम्बन्धित निकाय संग समन्वय गर्ने उनको भनाई छ।