काठमाडौं । कोरोना भाइरस प्रभावित मुलुकको सूचीमा नेपाल ४४ औं नम्बरमा रहेको छ । विश्वका १ सय ८८ मुलुकमध्ये नेपालले कोरोना सुरु भएको चीनलाई समेत पछाडि पारेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कूल संक्रमितको संख्या ९४ हजार भन्दा माथि पुुगेको छ ।
चीन भने ९० हजार ६ सय ७८ संक्रमितसहित ४६ औं नम्बरमा छ । सार्क मुलुकमा नेपालभन्दा अगाडि भारत, पाकिस्तान र बंगलादेश मात्र छन् ।