Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

  • बिहिवार, आश्विन ११ २०८०

  • 509
    SHARES

  • गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता
    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार(आज) मुख्यमन्त्री कार्यालयमा भेटवार्ता भएको हो ।
     
    उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतिको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो। साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोग पनि यस क्षेत्रमा आवश्यक भएको बताउनुभयो।
     
    जीविकोपार्जनको क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, ‘बसाइसराइ रोक्न र गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने खालका प्रोजेक्टमा हामीलाई सहयोगको खाँचो छ, सहकार्य गर्न सक्छौँ ।’ प्रदेश सरकारको प्राथमिकताको क्षेत्रहरू व्यावसायिक कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग सहकार्य गरेर अघि बढ्न सकिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
     
    भेटमा अमेरिकी उप विदेशमन्त्री एवं आप्रवासन विभागका उपसहायक सचिव वाईनीले विगतदेखि नेपाल र अमेरिकी सरकार बिचको सम्बन्ध अहिले पनि सौहार्द रहेको बताउँदै सरकारको प्राथमिकताका क्षेत्रहरूमा सहकार्य हुने बताउनुभयो । साथै उहाँले पहिलो पटक पोखरा आएको बताउँदै यहाँको सुन्दरताले पर्यटकलाई आकर्षित गर्न सक्ने आफूलाई पनि निकै सुन्दर लागेको बताउनुभयो ।
     
    भेटघाटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले विपद् पूर्व तयारी र प्रतिकार्य, सुद्ध पिउने पानी र सरसफाइ, स्वास्थ्य, साक्षरता, जीविकोपार्जन, दिगो आर्थिक विकासको अवस्था र सम्भावनाका बारेमा जानकारी गराउनुभएको थियो । 
     
    भेटघाटमा प्रदेशसँगको सम्बन्ध र मित्रताको बारेमा छलफल भएको छ । साथै गण्डकी प्रदेश र अमेरिकी सरकारबीचको सहयोग आदानप्रदानको विषयमा कुराकानी भएको थियो । 


    बिहिवार, आश्विन ११ २०८००४:१९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij