Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा चिकित्सकहरुको प्रदर्शन जारी

काठमाडौंमा चिकित्सकहरुको प्रदर्शन जारी

  • बिहिवार, आश्विन ११ २०८०

  • 1.2K
    SHARES

  • काठमाडौंमा चिकित्सकहरुको प्रदर्शन जारी

    काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी गरेका छन् । उनीहरुले नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

    बबरमहल तर्फबाट आएको चिकित्सकहरुको भीड नयाँबानेश्वर चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

    चिकित्सकहरुले भने आफूहरुको प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरेका थिए । तर प्रहरीले निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिने भन्दै उनीहरुलाई रोक्यो । त्यसक्रममा चिकित्सकहरुले ‘प्रहरी दमन बन्द गर’ भन्दै नारा लगाएका थिए ।

    अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।


    बिहिवार, आश्विन ११ २०८००२:०३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij