Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन् २०२२ को डी.भी. कार्यक्रम खुला, जाने होइन त अमेरिका?

सन् २०२२ को डी.भी. कार्यक्रम खुला, जाने होइन त अमेरिका?

  • बुधवार, आश्विन २१ २०७७

  • 1.4K
    SHARES

  • सन् २०२२ को डी.भी. कार्यक्रम खुला, जाने होइन त अमेरिका?

    काठमाडौँ – सन् २०२२ को डाइभर्सिटी भिसा (डी.भी) कार्यक्रमको लागि आवेदन दर्ता बुधबारदेखि खुल्ने भएको छ। नेपाली समय अनुसार रातको ९ः४५ बजेदेखि डी.भी. कार्यक्रमको लागि आवेदन दर्ता खुला हुनेछ ।

    नेपालस्थित अमेरिकी दूतावासले आवेदन भर्ने समय कार्तिक २५ गतेसम्म मात्रै रहेकोले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्ने जनाएको छ।

    इच्छुक आवेदकका लागि आवेदन निःशुल्क रहने र कन्सल्टेन्टको आवश्यकता नपर्ने दूतावासले जनाएको छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन आग्रह गरिएको छ।

    सन् २०२२ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डी.भी.) आवेदन फारम भर्नु पर्नेछ।

    यस्तै दर्ता गर्दा आफ्ना पति–पत्नी र आवेदनको समयमा २१ वर्ष पूरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन मान्य नहुने दूतावासले जनाएको छ।

    एक व्यक्तिले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्।

    यस्तै अघिल्लो वर्षको डी.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ।

    फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। फोटो खिच्दा आवेदकले चश्मा लगाउन नहुने दूतावासको सूचनामा उल्लेख छ।

    यस्तै यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश अनिवार्य गर्नुपर्ने छ।

    आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ। 


    बुधवार, आश्विन २१ २०७७०५:५७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij