Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

असोज १० देखि चाडपर्व लक्षित बजार अनुगमन गरिदैं

असोज १० देखि चाडपर्व लक्षित बजार अनुगमन गरिदैं

  • बिहिवार, आश्विन ४ २०८०

  • 714
    SHARES

  • असोज १० देखि चाडपर्व लक्षित बजार अनुगमन गरिदैं

    काठमाडौं। सरकारले आगामी असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    समितिले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्ने निर्णय गरेको हो। समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश,स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताउनु भयो।

    उहाँले बजार अनुगमन नेपाल सरकारका सम्बन्धित निकायहरु,केन्द्रिय, प्रदेश र स्थानिय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरुका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने बताउनु भयो। सभापति खानले उपसमितिहरुले प्रदेशका मुख्य व्यापारीक केन्द्रहरु धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ,पोखरा,विराटनगर र वीरगञ्ज लगायतका शहरहरुमा अनुगमन गर्ने उल्लेख गर्नुभयो।

    उहाँले काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा अनुगमन गर्ने बताउनु भयो। उहाँले चाडपर्व लक्षित मूल्य वृद्धि, कालोबजारी, मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने बताउनु भयो ।

     


    बिहिवार, आश्विन ४ २०८००५:२८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij