Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुवास नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्ने

सुवास नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्ने

  • शुक्रवार, भाद्र २९ २०८०

  • 1.3K
    SHARES

  • सुवास नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्ने
    काठमाडौं । नेकपा एमालेले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गरेको छ । 
     
    महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार(आज) बसेको पार्टी कार्यालय बैठकले सातै प्रदेशमा विचार गोष्ठी गर्ने  निर्णय गरेको हो । 
     
    ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि र वक्ताका रूपमा आमन्त्रण गरिने एमालेले जनाएको छ । 
     
    जसअनुसार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा हुने विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् भने अन्य छ प्रदेशमा हुने गोष्ठीमा पार्टीका उपाध्यक्षहरू जानेछन् । 
     
    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जानुहुने छ भने कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने एमालेले जनाएको छ । 
     
    सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा.भीष्मनाथ अधिकारीले जानकारी दिनुभयो ।


    शुक्रवार, भाद्र २९ २०८००३:२५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij