Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कसैलाई नबिझाएका नेम्वाङलाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरु च्यासलमा

कसैलाई नबिझाएका नेम्वाङलाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरु च्यासलमा

  • मंगलवार, भाद्र २६ २०८०

  • 636
    SHARES

  • कसैलाई नबिझाएका नेम्वाङलाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरु च्यासलमा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतका नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राष्ट्रिय झण्डा ओढाउनुभएको थियो।

    अहिले अन्य पार्टीका पनि नेताहरु, पार्टी कार्यकर्ताहरु, शुभेच्छुक र व्यवसायीहरु पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगेका छन् ।

    गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


    मंगलवार, भाद्र २६ २०८००२:३६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij