Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले भोलि शोक बिदा दिने 

काठमाडौं महानगरले भोलि शोक बिदा दिने 

  • बिहिवार, भाद्र २१ २०८०

  • 1.8K
    SHARES

  • काठमाडौं महानगरले भोलि शोक बिदा दिने 
    काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिने भएको छ ।
     
    काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइने भएको हो। अध्यक्ष रिजालको आज बिहीबार बिहान निधन भएको थियो ।
     
    रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । 
     
    अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेका अनुसार उहाँको दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया) का कारण उहाँको निधन भएको हो ।


    बिहिवार, भाद्र २१ २०८००३:०८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij