काठमाडौं । कञ्चनपुरको दोधारा चादँनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । तीब्र गतिमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।
नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि सधै तत्पर रहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छनोट गरी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।
कञ्चनपुरको दोधारा चाँदनीका ग्राहकहरुले अब डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने भएका छन् । कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिशहोम फाइवरनेटनै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको छ ।