एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट फर्किएका छन्। उनी तीन दिन अस्पताल भर्ना गरिएका थिए।
अस्पतालबाट वाहिरीएपछि ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताएका छन् । अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएको भन्दै बिबिसीले लेखेको छ ।
त्यसअघि ट्रम्पले ट्वीट गर्दै कोभिडसँग नतर्सिन भनेका थिए । अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपति ट्रम्पले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका हुन्।
डा. सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक नभइसकेको बताएका छन् ।उनले ट्रम्पको अवस्था घर जान सक्ने गरि सुरक्षित रहेको बताउँदै उनी हप्ताको सातै दिन २४ घन्टा विश्वका उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने जानकारी दिएका छन् ।