Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

राजनीतिक दलहरूले जनतासँग सम्पर्क बढाउँदै, एमाले–कांग्रेसले चलाए जनमुखी अभियान, माओवादी पनि पहिलो पटक जनताको घरदैलोमा (खासखबर) 

राजनीतिक दलहरूले जनतासँग सम्पर्क बढाउँदै, एमाले–कांग्रेसले चलाए जनमुखी अभियान, माओवादी पनि पहिलो पटक जनताको घरदैलोमा (खासखबर) 

  • आइतवार, भाद्र १७ २०८०

  • 661
    SHARES

  • राजनीतिक दलहरूले जनतासँग सम्पर्क बढाउँदै, एमाले–कांग्रेसले चलाए जनमुखी अभियान, माओवादी पनि पहिलो पटक जनताको घरदैलोमा (खासखबर) 
    काठमाडौं । पछिल्लो समय नेपालका पुराना राजनीतिक दलहरूले जनतासँग सम्पर्क बढाउने अभियानको थालनी गरेका छन् । एमालेको ग्रास रुट अभियानदेखि नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान सम्पन्न भइसकेका छन् । नयाँ राजनीतिक दलहरूको उदयसँगै पुराना दलहरू आफू सच्चिएर अगाडि बढ्ने प्रतिबद्धतासहित जनताको घरदैलोमा पुगेका हुन् । नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यो अभियानले कांग्रेस जनताको हितमा छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो । कांग्रेसको इतिहासले पनि मुलुकको भविष्य कोरेकोले अबको बाटो पृथक रहने उहाँको भनाइ छ ।
     
    अहिले नेकपा माओवादी केन्द्र पनि जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियानमा जुटेको छ । अभियानका क्रममा विकास निर्माणको कामका साथै  सरसफाइ र रक्तदानसहित सहिद परिवारलाई सम्मान गरिएको छ । माओवादी केन्द्र सुध्रिने वा विघटन हुने परिस्थिति आएपछि अभियान सञ्चालन गरिएको नेता सरल सहयात्रीको भनाइ छ । उहाँले पार्टीको संगठनात्मक संरचनामा आएको उतारचढावलाई समेत पार्टी कार्यकर्तालाई बुझाउन आवश्यक रहेको बताउनुभयो । गैर सम्पत्ति आर्जनको आरोप खेपिरहेका बेला पारदर्शिता समेत आवश्यक रहेकोमा सरलको जोड छ । 
     
    माओवादीले पहिलो पटक फरक कार्यक्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ । त्यसबाट स्थानीयस्तरमा भएको कमी–कमजोरी सुधार्ने तथा नयाँ ढङ्गले सङ्गठनको विस्तार हुने पार्टीको विश्वास छ । पार्टी सचिव चक्रपाणी खनाल बलदेवका अनुसार जनतासँगको सम्बन्धलाई रूपान्तरणसहित सुधार गर्ने अभियानको मुख्य लक्ष्य रहेको छ । विगतका एजेन्डाहरूलाई पुनर्ताजकी बनाउन पनि यसले मदत गर्नेछ । 
     
    राजनीतिक विश्लेषक भेषराज घिमिरेले पार्टी संगठन पतन भइरहेको अवस्थामा सरकारले गरिरहेका केही कामहरूलाई लिएर जनतालाई भरोसा दिलाउने पक्षमा माओवादी केन्द्र लागेको छ । पछिल्लो समय उठेको भ्रष्टाचार काण्डका बारेमा पनि जनतालाई बुझाउन माओवादी अभियानमा जुटेको छ ।
     
    राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिबाट सामाजिक–आर्थिक रूपान्तरण गर्नु, नागरिकको जीवनमा देखिने गरी परिवर्तन गर्नु, सुखी जीवनयापनका लागि तीव्र गतिमा विकासका कार्य अगाडि बढाउनु तथा देशमै श्रम र रोजगारीको सुनिश्चित गर्नु अभियानको अर्को ध्येय रहेको छ । मुलुकका हरेक पार्टीहरूले जनताको पक्षमा काम गरिरहेका भ्रम त छर्ने गरेका छन् तर त्यसको ठोस उपलब्धि परिणाम देखिएको छैन । परिणामले त युवा पलायन देखाएको छ, बेरोजगारी बढाएको छ, कलकारखाना बेचाएको छ, अर्थतन्त्र खुम्चयाएको छ, राजनीति गर्नेहरूको आर्थिक हैसियत तन्काएको छ । 
     


    आइतवार, भाद्र १७ २०८००८:२०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij