Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नरेन्द्र मल्ल र गौरी भट्टको ‘कठ्पत्याको ठण्ड्पानी’ बोलको ठाडी भाका बजारमा (भिडियोसहित)

नरेन्द्र मल्ल र गौरी भट्टको ‘कठ्पत्याको ठण्ड्पानी’ बोलको ठाडी भाका बजारमा (भिडियोसहित)

  • आइतवार, भाद्र १७ २०८०

  • 2.0K
    SHARES

  • नरेन्द्र मल्ल र गौरी भट्टको ‘कठ्पत्याको ठण्ड्पानी’ बोलको ठाडी भाका बजारमा (भिडियोसहित)
    काठमाडौं । पछिल्लो समयका चर्चित गायक नरेन्द्र मल्ल र गायिका गौरी भट्टको ‘कठ्पत्याको ठण्ड्पानी’ बोलको ठाडी भाका सार्वजनिक भएको छ । संगीतकार भानुभक्त जोशीको शब्द रहेको गीतमा पुर्खाहरूले गाउने पृथक संगीत लाई परिमार्जन गर्दै यथार्थ घटनामा कारुणिक रचना गरिएको छ ।
     
    गीतमा विदेश जाँदाको पीडा घरपरिवारले गर्ने मायालाई देखाउन खोजिएको छ । भीम थापाको कथा/निर्देशनमा तयार पारिएको गीतको भिडियोमा गायक मल्ल स्वयं मुख्य पात्रका रुपमा रहेका छन् भने उनकी दिदीको भूमिकामा झरना नेपाल रहेकी छन् । अन्य सहायक भूमिकामा प्रकाश चन्द, भरत श्रेष्ठ, जनक महरा, दिनेश परियार, पवित्रा श्रेष्ठ, सुरेश बोहोरा, डम्बर बोहोरा र अशोक बिष्टलाई देख्न सकिन्छ ।
     
    गायक मल्लका यसअघि ‘खाईखेली फुर्क्याको’, ‘चेलो पहाडी’, ‘काफल पाक्या’ लगायतका थुप्रै देउडा गीत चर्चित छन् भने ‘बासैको चोयाले’, ‘छेउमै म छु नि’, ‘पिँजडाकी चरी’ लगायतका दोहोरी गीतले उनी चर्चामा आएका थिए ।
     
    बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको गीतमा भुवन बडुले संगीत संयोजन गरेका छन् । दुर्गा श्रेष्ठको छायांकन रहेको गीतको भिडियोमा प्रबिन रेश्मी मगरको सम्पादन तथा  कलरिङ रहेको छ । गीतलाई  निरन्तर मिडियामार्फत युट्युबमा सार्वजनिक गरिएको छ ।
     


    आइतवार, भाद्र १७ २०८००५:३२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij