Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पशुपतिको ‘अंगुलि बान्याको’ मा सन्तोष र सुस्मिताको प्रेम कथा (भिडियोसहित)

पशुपतिको ‘अंगुलि बान्याको’ मा सन्तोष र सुस्मिताको प्रेम कथा (भिडियोसहित)

  • आइतवार, भाद्र १७ २०८०

  • 2.1K
    SHARES

  • पशुपतिको ‘अंगुलि बान्याको’ मा सन्तोष र सुस्मिताको प्रेम कथा (भिडियोसहित)
    काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका पशुपति खनाल र दीपक संगम बिसीको ‘अंगुलि बान्याको’ बोलको देउडा गीत सार्वजनिक भएको छ । पहिलो पटक यस गीतबाट शब्द र लय दिएर उदाएका बिसीको गीतको एरेन्ज तथा मिक्सिङ पवन रानाभाटले गरेका हुन् ।
     
    गायिका खनालले यसअघि ‘सँगै लैजा मलाई’, ‘मेरा केशु लणा’ जस्ता देउडा गीत गाएर चर्चामा आइसकेकी छन् ।
     
    माया प्रेम र बिछोडको भाव समेटेर बनाइएको कथावस्तुमा सन्तोष जैसी र सुस्मिता कुँवरलाई भिडियोमा फिचरमा देख्न सकिन्छ ।  माया गरेर पनि जातीयताका कारण एकअर्काको हुन नसकेको कुरालाई भिडियोमा देखाइएको छ । 
     
    जिबि आग्रीको निर्देशनमा तयार गरिएको गीतको भिडियोको इडिट तथा कलरिङ टेकेन्द्र शाहले गरेका हुन् भने लाईमलाइट नेपालले पोष्ट प्रोडक्सन गरेको हो ।
     
    फाइन ट्युन स्टुडियोमा रेकर्ड गरिएको गीतलाई पशुपति खनाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
     
     


    आइतवार, भाद्र १७ २०८००४:२२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij