Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोनाबाट एकैदिन झण्डै २५ हजार सङ्क्रमित भए

भारतमा कोरोनाबाट एकैदिन झण्डै २५ हजार सङ्क्रमित भए

  • आइतवार, आषाढ २१ २०७७

  • 971
    SHARES

  • भारतमा कोरोनाबाट एकैदिन झण्डै २५ हजार सङ्क्रमित भए

    कोरोनाभाइरसका कारण भारतमा एकैदिन झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् ।

    दैनिक रुपमा सङ्क्रमित हुनेहरूको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ ।

    तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ ।

    तीमध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । सबैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र राज्य नै रहेकाे छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी दोस्रो धेरै प्रभावित तमिलनाडु प्रदेशमा एक लाख सात हजार एक जना सङ्क्रमित हुदाँ एक हजार ४५० को मृत्यु भएको छ । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् ।


    आइतवार, आषाढ २१ २०७७०४:२८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij