Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास भइरहेको छ : अर्थमन्त्री महत

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास भइरहेको छ : अर्थमन्त्री महत

  • शनिवार, भाद्र १६ २०८०

  • 520
    SHARES

  • अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास भइरहेको छ : अर्थमन्त्री महत

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास भैरहेको बताउनु भएको छ। आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको बताउनुभएको हो।

    केही समस्याका बाबजुद आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै उहाँले सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गर्नुभयो। पर्यटक भित्रिने क्रम बढिरेहको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उहाँको भनाई थियो ।

    राजस्व सङ्कलन अपेक्षाअनुसार नबढे पनि तुलनात्मकरुपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री महतको भनाइ छ।राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उहाँले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो।

     


    शनिवार, भाद्र १६ २०८००३:१४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij