Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक भोलिका लागि तय

नेकपा सचिवालय बैठक भोलिका लागि तय

  • सोमवार, आश्विन १९ २०७७

  • 942
    SHARES

  • नेकपा  सचिवालय बैठक भोलिका लागि तय

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेट भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

    दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाइएको छ। हिजो स्थगित भएको सचिवालय बैठक भोलि दिउँसो चार बजे बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिनुुभयो । उहाँका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ ।

    पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ । बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ । नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा संक्रमण पुष्टि भएपछि आइतबारको सचिवालय बैठक पनि स्थगित भएको थियो ।


    सोमवार, आश्विन १९ २०७७०५:३०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij