Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपाल टेलिकम ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ भव्य रुपमा सम्पन्न

नेपाल टेलिकम ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ भव्य रुपमा सम्पन्न

  • शनिवार, भाद्र १६ २०८०

  • 743
    SHARES

  • नेपाल टेलिकम ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ भव्य रुपमा सम्पन्न

    काठमाडौं । वरिष्ठ लोकगायक नारायण रायमाझीको साङ्गीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । हिजो शुक्रबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित नेपाल टेलिकम ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ –२०८० सम्पन्न भएको हो ।

    लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको साङ्गीतिक साँझमा रायमाझीले नयाँ पुराना गरी दर्जनौँ गित गाउनुभएको थियो ।

    साङ्गीतिक साँझमा देशभरका कलाकार तथा कला, गीत, सङ्गीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शकको उपस्थिति रहेको थियो ।

    रायमाझीले विसं २०४२ सालदेखि साङ्गीतिक यात्रा शुरु गर्नु भएको हो । पाल्पाको माथागढी गाउँपालिका–४ मा जन्मिएका रायमाझीका थुप्रै गीतहरु लोकप्रिय छन् । 

    मूख्य प्रायोजक नेपाल टेलिकमले गरेको थियो भने प्रायोजन कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकले गरेको थियो ।


    शनिवार, भाद्र १६ २०८००७:२३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij