Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणः थप एकजना पक्राउ

सुन प्रकरणः थप एकजना पक्राउ

  • बुधवार, भाद्र १३ २०८०

  • 761
    SHARES

  • सुन प्रकरणः थप एकजना पक्राउ

    काठमाडौँ। अवैध सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पाल्पा घर भएका गणेश पौडेललाई पक्राउ गरेको हो।

    हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो।

    आज पक्राउ परेका गणेश पौडेल सहित पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको छ ।तस्करीमा चिनियाँहरूको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।

    सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग र गणेश पौडेल छन् ।

     


    बुधवार, भाद्र १३ २०८००१:३६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij