Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमसीसीले देशले आर्थिक रुपमा ठुलै फड्को मार्ने जसपा प्रवक्ता सुमनको दाबी

एमसीसीले देशले आर्थिक रुपमा ठुलै फड्को मार्ने जसपा प्रवक्ता सुमनको दाबी

  • बुधवार, भाद्र १३ २०८०

  • 434
    SHARES

  • एमसीसीले देशले आर्थिक रुपमा ठुलै फड्को मार्ने जसपा प्रवक्ता सुमनको दाबी

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिष सुमनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले देशले आर्थिक रुपमा ठुलै फड्को मार्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै व्याख्यात्मक टिप्पणीका साथ पास भएको एससीसी खराब नभएको बताउँदै विद्युतको हकमा आत्मनिर्भर हुने पनि दाबी गर्नुभएको छ ।

    एमसीसीलाई आफूहरुले सहर्ष स्विकार गरेको बताउँदै उहाँले व्याख्यात्मक टिप्पणीसहित पारित भएको सम्भौताप्रति जसपाको अब कुनै पनि विमती नरहेको पनि स्पष्ट पार्नुभयो । संसदको सम्पत्ति र संसदबाटै पारित भइसकेकाले अब यसको विरोधमा बोल्नु अनुचित हुने नेता सुमनले बताउनुभयो ।

    सस्तो लोकप्रीयताका लागि केहिले विभिन्न सञ्चारमाध्यममा बोले पनि यसको कुनै औचित्य नरहेको पनि नेता सुमनले प्रस्ट पार्नुभयो ।

    एमसीसी परियोजना आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आउँदै छ । २०७८ फागुन १५ गते प्रतिनिधसभाको बैठकले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुमोदन गरेको थियो । सोही परियोजनाको कार्यान्वयनका लागि अर्थमन्त्रालय र एमसीसीबीच आज ‘लेटर अफ एक्सचेन्ज’ हुनेछ ।


    बुधवार, भाद्र १३ २०८००८:०९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij