Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रदेश सरकारले टुक्रे योजना नल्याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको प्रतिबद्धता

प्रदेश सरकारले टुक्रे योजना नल्याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको प्रतिबद्धता

  • सोमवार, भाद्र ११ २०८०

  • 402
    SHARES

  • प्रदेश सरकारले टुक्रे योजना नल्याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको प्रतिबद्धता

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली चौधरीले अवदेखि प्रदेश सरकारले टुक्रे योजना नबनाउने बताउनु भएको छ । प्रदेश सरकारहरुले साना योजना हालेर गलत काम गरेको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री चौधरीले साना बजेटका योजना स्थानीय सरकारले नै बनाउनु पर्नेमा जोड दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको पालिका वहसमा उहाँले प्रदेशस्तरका योजनाहरुमा मात्रै प्रदेश सरकारले काम गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विगतमा जे भयो भयो, अवदेखि हामीले टुक्रे योजना गर्दैनौँ, त्यो स्थानीय सरकारकै काम हो, हामीले प्रदेशको गेम चेन्जार योजनाहरु मात्रै गछौँ, लुम्बिनी प्रदेशको मुहार फेर्छौँ ।”

    मुख्यमन्त्री चौधरीका अनुसार लुम्बिनी प्रदेश सरकारलाई पर्यटन केन्द्रीत योजनाहरु धेरै बनाएको छ । आफूले २० लाखभन्दा कमको योजना नराखेको स्पष्ट पार्दै उहाँले केन्द्रीय सरकारले १, १ लाखको योजना पनि राखेको आरोप लगाउनु भयो ।

    मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले बनाउनु पर्ने कानुनहरु केन्द्रीय सरकारले नबनाएकाले बनाउन नपाएको दावी गर्नुभयो । निजामती कर्मचारी ऐन लगायतका केही ऐन कानुनहरु प्रदेश सरकारले बनाए पनि संघीय सरकारसँग बाझियो भने खारेज हुने भएकाले संघीय सरकारले नबनाउदासम्म आफूहरुले बनाउन नपाएको उहाँको भनाई थियो ।


    सोमवार, भाद्र ११ २०८००९:१७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij