Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको दुई वर्ष: कठिन संघर्षको वर्ष, उतारचढाव, अग्रगती र प्रगतीको वर्ष

नेकपा एसको दुई वर्ष: कठिन संघर्षको वर्ष, उतारचढाव, अग्रगती र प्रगतीको वर्ष

‘अब विकाश र विस्तारमा नयाँ गती आउँछ’
  • शनिवार, भाद्र ९ २०८०

  • 501
    SHARES

  • नेकपा एसको दुई वर्ष:  कठिन संघर्षको वर्ष, उतारचढाव, अग्रगती र प्रगतीको वर्ष

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एस स्थापनाको आज दुई वर्ष पुगेको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले यो दुई वर्ष कठिन संघर्षको वर्ष, उतारचढाव, अग्रगती र प्रगतीको वर्ष भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले यो दुईवर्षको बिचमा पार्टीको संगठनात्मक ढाचालाई देशव्यापी बनाएको बताउँदै वैचारीक सैद्धान्तिक कुरामा गम्भिर आपसमा बहस, छलफल गर्दै पार्टीको धरातललाई अझैं माथि उठाएको दाबी गर्नुभयो ।

    भर्खरै सम्पन्न पार्टीका पार्टीको सचिवालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा व्यापक छलफल पछि पार्टीको चेतना पहिलाभन्दा धेरै माथि उठेकाले अब विकाश र विस्तारमा नयाँ गती आउने सम्भावना रहेको स्पष्ट पार्नुभयो । पार्टी एकतावद्ध भएर अगाडि बढ्दाखेरी पार्टीले धेरै ठुलठुला प्रगती गर्ने सम्भावना रहेको पनि नेता खनालले औल्याउनुभयो ।

    यस्तै, पार्टी जबज (जनताको बहुदलीय जनवाद) को ह्याङओभरबाट मुक्त हुनुपर्ने उहाँको भनाइ छ । पार्टी कम्युनिस्ट आन्दोलनका केन्द्रका रुपमा स्थापित हुने तर त्यसका लागि नेकपा एमालेसँग आधारभूत रुपमा फरक देखाउन बाँकी रहेको नेता खनालले बताउनुभयो ।

    यस्तै, पार्टी एकताबद्ध भइसकेपछि नेतृत्वमा समस्या नै नहुने उल्लेख गर्दै नेता खनालले नेता निर्माण गर्न समस्या नहुने भएकाले अग्रगति र प्रगतिकालागि आफूहरु एकजुट हुनैपर्ने कुरामा जोड दिनुभयो । यस्तै अर्को प्रसंगमा नेता खनालले गठबन्धन सरकारप्रति असन्तुष्टि पनि प्रकट गर्नुभएको छ ।


    शनिवार, भाद्र ९ २०८००९:२६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij