Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री प्रकाशशरण महत जीईएफको उपाध्यक्षमा निर्वाचित

अर्थमन्त्री प्रकाशशरण महत जीईएफको उपाध्यक्षमा निर्वाचित

  • शुक्रवार, भाद्र ८ २०८०

  • 525
    SHARES

  • अर्थमन्त्री प्रकाशशरण महत जीईएफको उपाध्यक्षमा निर्वाचित
    काठमाडौं । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा प्रकाशशरण महत  उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । एसेम्बलीको शुक्रबार(आज) जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
     
    यस अगाडि मन्त्री महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत बन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनुभयो। साथै, उहाँले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको स्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गर्नुभयो।
     
    यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा इमानदार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातिहरूको संरक्षण गरेको र सोको नतिजा स्वरूप बाघ तथा गैंडाको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताउनुभयो। उहाँले बन तथा बन्यजन्य सम्पदा नेपालको लागि मात्र नभई विश्व मानव समुदायकै सम्पदाको रुपमा रहेको उल्लेख गर्नुभयो।
     
    अर्थमन्त्री महतले नेपाल विश्वको १०औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरूमा बाढी पहिरो अतिवृष्टि सुख्खा साथै हिमताल विस्फोटको जोखिम समेत बढेको बताउनुभयो।
     
    उहाँले नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेकोतर्फ सहभागीहरूको ध्यानाकर्षण गराउनुभयो।


    शुक्रवार, भाद्र ८ २०८००१:३३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij