बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
दैलेखको नारायणपुर नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय पुरुषको हिजो मृत्युु भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो ।
आन्द्रामा पनि समस्या देखिएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि हिजो नै शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो। हिजो नै बाँकेमा कञ्चनपुरकी एक २९ बर्षीया सुत्केरीको मृत्यु भएको थियो।
बाँकेका २० र बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका १० गरी हालसम्म बाँकेमा ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।