Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पश्चिमलाई चीन र भारत एकै ठाउँ उभिने चिन्ता छ : माधव नेपाल

पश्चिमलाई चीन र भारत एकै ठाउँ उभिने चिन्ता छ : माधव नेपाल

  • मंगलवार, भाद्र ५ २०८०

  • 560
    SHARES

  • पश्चिमलाई चीन र भारत एकै ठाउँ उभिने चिन्ता छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पश्चिमा शक्ति राष्ट्रहरूलाई कुनै दिन चीन र भारत एकै ठाउँ उभिने चिन्ता भएकाले भारतसँग मिलेर चीनविरुद्ध उकास्ने काम गरिरहेको बताउनुभएको छ ।

    मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमा भूराजनीतिक परिस्थितिबारेको व्याख्यामा पश्चिमले चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनविरुद्ध उकास्ने काम गरिरहेको उल्लेख छ ।

    ‘चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनका विरुद्ध उकास्ने काम पश्चिमले गर्दैछ । त्यस्तै पश्चिमसँग चीनको अन्तरविरोध चर्किँदा भारत बढी सुरक्षित हुनेछ’, अध्यक्ष नेपालले भन्नुभएको छ, ‘दुवै एशियाली र प्राचीनतम सांस्कृतिक परम्परा भएका चीन र भारत कुनै दिन एक ठाउँमा उभिन सक्छन् भन्ने चिन्ताले पश्चिमको रणनीति प्रभावित भइरहनेछ ।’


    मंगलवार, भाद्र ५ २०८००२:०६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij