Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाल टेलिकम ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ को तयारी पूरा

नेपाल टेलिकम ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ को तयारी पूरा

  • सोमवार, भाद्र ४ २०८०

  • 2.0K
    SHARES

  • नेपाल टेलिकम ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ को तयारी पूरा
    काठमाडौं ।

    नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझको तयारी पूरा भएको छ । यही भदौ १५ गते हुने रायमाझीको उक्त साङ्गीतिक साँझलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको छ । स्रष्टाको सम्मानको लागि प्रतिष्ठानले यसअघि नै कार्यक्रमको घोषणा गरिसकेको थियो ।


    उक्त एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीतहरू प्रस्तुत गर्ने जनाइएको छ। उक्त साँझलाई प्रतिष्ठानले राष्ट्रकै गौरवको रूपमा चित्रण गरेको छ । रायमाझी लोकगीत, सङ्गीत, संस्कृतिको निरन्तर साधक हुनुहुन्छ । उहाँले आफ्नो सम्पूर्ण जीवन गीतसङ्गीतमै समर्पण गर्नुभएको छ। रायमाझी चलचित्र निर्देशक पनि हुनुहुन्छ । उहाँ २०२० सालमा पाल्पामा आमा कृष्णकुमारी र बुवा सूर्यबहादुर रायमाझीको दोस्रो सन्तानको रुपमा जन्मिनुभएको हो ।

    नेपाल टेलिकमको प्रायोजन रहने उक्त साङ्गीतिक साँझमा रायमाझीलाई लोक, गीति र सङ्गीत क्षेत्रमा रहेकाहरूको उपस्थिति रहनेछ । रायमाझीले आफ्नो साङ्गीतिक यात्रा भने २०४२ सालबाट सुरु गर्नुभएको हो । उहाँले त्यति वेला कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्राको सुरुवात गर्नुभएको हो ।

    उहाँका फुलबुट्टे चोलीमा, राम्दीपुल तरने बित्तिकै, राम्दी पुल तर्ने, गेटमा वेली जाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेऊ साइँली, लाइछौं वेशन, नमुछे आमा दहीमा टिका, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्यायो मलाई लगायत सयौं गीतहरू सबैका मन मुटुमा बसेका छन् ।

    नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझको मुख्य प्रायोजन नेपाल टेलिकमले गरेको छ भने प्रायोजन कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकले गरेको छ । 


    सोमवार, भाद्र ४ २०८००७:१६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij