Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दुई हजार २५३ कोरोना संक्रमित थपिए, सात जनाको मृत्यु

दुई हजार २५३ कोरोना संक्रमित थपिए, सात जनाको मृत्यु

  • आइतवार, आश्विन १८ २०७७

  • 809
    SHARES

  • दुई हजार २५३ कोरोना संक्रमित थपिए, सात जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ ।

    यस अवधिमा १ हजार ३२९ जना कोरोनाबाट निको भएका छन् । योसहित हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।
    हाल देशका विभिन्न ठाउँमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

    त्यस्तै थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।


    आइतवार, आश्विन १८ २०७७०४:५६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij