Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्व. प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक : सभापति देउवा

स्व. प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक : सभापति देउवा

  • सोमवार, भाद्र ४ २०८०

  • 686
    SHARES

  • स्व. प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताउनुभएको छ ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समाजवादी चिन्तकको रूपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताउनुभएको हो ।

    सभापति देउवाले गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रूपमा लिएको छु । उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ ।’

    सभापति देउवाले स्व. गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताउनुभयो ।

     


    सोमवार, भाद्र ४ २०८००२:३३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij