Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एक नेपालीको थाप्लोमा ७६ हजार ऋण, देशको कुल ऋण कति ?

एक नेपालीको थाप्लोमा ७६ हजार ऋण, देशको कुल ऋण कति ?

  • शुक्रवार, भाद्र १ २०८०

  • 703
    SHARES

  • एक नेपालीको थाप्लोमा ७६ हजार ऋण, देशको कुल ऋण कति ?

    काठमाडौं। देशको ऋण बढ्दै गएको छ। नेपाल सरकारले तिर्न बाँकी ऋण बढ्दै जाँदा एक नेपालीको थाप्लोमा ७६ हजार भन्दा बढी ऋण थोपरिएको छ। सरकारले तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब बढी पुगेको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८० असार मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुग्दा ए नेपालीले तिर्नुपर्ने ऋण पनि बढेर ७६ हजार ६९ रुपैयाँ पुगेको छ।

    तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९/०८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ।

    अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार नेपालले तिर्न बाँकी कुल ऋण आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३५ अर्ब दुई करोड रुपैयाँ र २०७८/७९ मा २० खर्ब १० अर्ब १३ करोड रुपैयाँ रहेको थियो।

    आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने एक खर्ब १५ अर्ब ९ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ। यसर्थ, यस अवधिमा एक खर्ब ४० अर्ब ९० करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ।

    यो रकम कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ। यस अवधिमा सरकारले एक खर्ब दुई अर्ब १२ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ।


    शुक्रवार, भाद्र १ २०८००४:३२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij