Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणमा यो पार्टी उ पार्टी भन्ने हुँदैन दोषीलाई कानुनी कारबाहीमा ल्याइन्छ : देवेन्द्र पौडेल

सुन प्रकरणमा यो पार्टी उ पार्टी भन्ने हुँदैन दोषीलाई कानुनी कारबाहीमा ल्याइन्छ : देवेन्द्र पौडेल

  • बिहिवार, श्रावण ३२ २०८०

  • 461
    SHARES

  • सुन प्रकरणमा यो पार्टी उ पार्टी भन्ने हुँदैन दोषीलाई कानुनी कारबाहीमा ल्याइन्छ : देवेन्द्र पौडेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद खुलाउन सक्रियरुपमा लागेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका पौडेलले संसद खुलाउनका लागि उच्चस्तरीय छलफल गरेर प्रतिपक्षले उठाएका कुराहरु पनि सुनेर मिल्न र मिलाउन सक्ने विषयमा कानुनसम्मत प्रकारले नेपालका सम्बन्धित वैधानिक निकायहरु निष्क्रिय नहुने गरि प्रधानमन्त्रीले संसद खुलाउन पहल गरिरहनुभएको दाबी गर्नुभयो ।

    सुन तस्कर प्रकरणमा एमालेले राख्दै आएको उच्चस्तरीय छानबिन समिती गठनमा भने अहिले प्रधानमन्त्री पुगिनसकेको बताउँदै नेता पौडेलले यो समिती गठन गर्नेबित्तिकै राज्यका स्थापित निकायहरु निष्क्रिय हुने बताउनुभयो ।

    संसदलाई एमालेले नै बन्धन बनाइरहेको आरोप लगाउँदै नेता पौडेलले प्रतिपक्षले जे भन्दै आउँछ त्यहि मान्नुपर्छ भन्ने नरहेको पनि तर्क गर्नुभयो ।
    नेता पौडेलका अनुसार संसद लगातार अवरोध हुँदा सरकारले तयार पारेका धेरै विद्येयकहरु दर्ता हुन पाएका छैनन् । संसद सबैको साँझा थलो भएका कारण यसरी बन्धक बनाइराख्नु गलत भएको पनि उहाँको भनाइ छ ।

    सुन तस्करीमा नाम मुछिएकाको प्रकरणमा यो पार्टी उ पार्टी भन्ने नै नहुने भएकाले माओवादीका नेताको पनि बाहिर आइरहेका समाचारहरुमा सत्यता भेटिए कानुनी कारबाहीमा ल्याएर छानबिन गर्नुपर्ने बताउनुभयो ।

    पार्टीका नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महराका बाबुछोराले स्पष्टिकरण दिन तयार रहेकाले यो विषयमा आफूहरु पनि होइन भने प्रतिवाद गर्ने यदि हो भने कानुनी दायरामा ल्याउनुपर्छ भन्नेमा रहेको नेता पौडेलले स्पष्ट पार्नुभयो ।


    बिहिवार, श्रावण ३२ २०८००७:५६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij