Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरण : गालिएको ६० किलो सुन राष्ट्र बैंकले किन्ने, यस्तो छ खरिद प्रक्रिया..

सुन प्रकरण : गालिएको ६० किलो सुन राष्ट्र बैंकले किन्ने, यस्तो छ खरिद प्रक्रिया..

  • मंगलवार, श्रावण ३० २०८०

  • 1.2K
    SHARES

  • सुन प्रकरण : गालिएको ६० किलो सुन राष्ट्र बैंकले किन्ने, यस्तो छ खरिद प्रक्रिया..

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट अवैध रुपमा बाहिरिएको तस्करीको सुन गालिएपछी नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएको छ । सुन गालिएपछिको ६० किलो ७१६ ग्राम सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएको हो ।सुन गालिएसँगै अब गुणस्तर परीक्षणको प्रक्रिया अगाडी बढाइनेछ त्यसपछी राष्ट्र बैंकले खरिद गर्ने छ ।

    नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले गुणस्तर परीक्षणपछि अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशत थपेर सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने जानकारी दिनुभयो। राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको जनाएको छ।

    महाशाखाका निर्देशक आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको र गालेपछि ६० किलो ७१६ ग्राम तौल आएको बताउनुभयो ।

    उहाँले गालिएको सुनलाई ३४ वटा विस्कुट बनाइएको र जर्ती ७३ ग्राम निस्किएको बताउनुभयो। गतसाउन ३ गते राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट सुन बरामद गरेको थियो । हालसम्म यो प्रकरणमा विदेशीसहित १६ बढी व्यक्ति पक्राउ परिसकेका छन् भने सीआईबीले अनुसन्धान गरिरहेको छ ।


    मंगलवार, श्रावण ३० २०८००५:०२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij