Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

  • आइतवार, श्रावण २८ २०८०

  • 835
    SHARES

  • सामान्य प्रशासनमन्त्री मोदीलाई  फिर्ता बोलाउने माओवादीको निर्णय
    काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रिपरिषद्‌बाट फिर्ता बोलाउने निर्णय गरेको छ। 
     
    आइतबार(आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
     
    उक्त कुराको पुष्टि गर्दै मन्त्री मोदीले आफूले आजै राजीनामा दिने बताउनुभयो। उहाँले भन्नुभयो, ‘परिस्थिति बुझेर मैले छाडेर जाने निर्णय लिएको हुँ।’
     
    सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोदीलाई फिर्ता बोलाउने निर्णय गराउनुभएको हो। 
     
    अब उक्त मन्त्रालय जनमत पार्टीलाई दिइने बताइएको छ। मोदीको ठाउँमा जनमत पार्टीकी सांसद अनिताकुमारी साहलाई मन्त्री बनाउने तयारी छ ।
     


    आइतवार, श्रावण २८ २०८००५:४५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij