Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अहिलेको गठबन्धन सरकार पाँच वर्ष टिक्छ : मेटमणी चौधरी

अहिलेको गठबन्धन सरकार पाँच वर्ष टिक्छ : मेटमणी चौधरी

  • आइतवार, श्रावण २८ २०८०

  • 462
    SHARES

  • अहिलेको गठबन्धन सरकार पाँच वर्ष टिक्छ : मेटमणी चौधरी

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका नेता मेटमणी चौधरीले अहिलेको गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका चौधरीले निर्वाचन अगाडि नै गठबन्धन निर्माणको समयमा पाँच वर्षसम्मकै लागि टिकाउनुपर्छ, चलाउनुपर्छ भन्ने कुरामा सहमति र समझदारी गरेरै जनताका अगाडि कसम खाएको प्रतिवद्धता गरेकाले अहिलेको सरकार आगामी पाँच वर्षसम्म नै टिक्ने दाबी गर्नुभयो ।

    पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

    नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न समेत गर्नुभयो । हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता खनालले महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको समेत बताउनुभएको थियो ।

    यहि प्रसंगमा नेता चौधरीले प्रधानमन्त्रीले गरेका केहि निर्णय र विषयमा असन्तुष्टि रहे पनि सरकारबाट बाहिरिने कुरा भने नहुने स्पष्ट पार्नुभएको हो ।

    प्रचण्ड सरकारले भ्रष्टाचार र बेथितीविरुद्ध गरेका कामहरु राम्रो भइरहेको बताउँदै नेता चौधरीले अहिले आइरहेका विभिन्न प्रकरणमा दोषी जुन पार्टीका नेता उच्च पदस्थ व्यक्ति भए पनि कारबाहीको दायरामा आउनैपर्ने कुरामा जोड दिनुभयो । यस्तै माओवादीले भने आफ्ना मान्छेलाई जोगाउने र अनुसन्धानको घेरामा नल्याउने अरुलाई नछोड्ने यो प्रवृति भने गलत भएको नेता चौधरीको आरोप रहेको ।

    प्रचण्ड सरकारले गरेका कामहरुले जनतामा आसा पलाएको र राम्रो छाप परेको पनि नेता चौधरीको दाबी छ । यस्तै सबै दलका नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने नेता चौधरीको भनाइ छ ।


    आइतवार, श्रावण २८ २०८००८:०६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij