Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणमा उच्च स्तरीय छानविन समिती नै निर्माण गर्नुपर्छ : अर्जुन नरसिंह केसी

सुन प्रकरणमा उच्च स्तरीय छानविन समिती नै निर्माण गर्नुपर्छ : अर्जुन नरसिंह केसी

  • शनिवार, श्रावण २७ २०८०

  • 487
    SHARES

  • सुन प्रकरणमा उच्च स्तरीय छानविन समिती नै निर्माण गर्नुपर्छ :  अर्जुन नरसिंह केसी

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले करिव सय किलो सुन प्रकरणमा उच्च स्तरीय छानविन समिती नै निर्माण गनुपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका केसीले उच्च स्तरीय र राजनीति निर्णायकको संलग्नता नभएसम्म सियो छिर्न नसक्ने एयरपोर्टबाट क्विन्टल सुन भित्रिन नसक्ने दाबी गर्दै सुन प्रकरणमा उच्च स्तरीय छानविन समिती नै निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

    यहि विषयलाई लिएर संसद अहिलेसम्म नखोलिनु दुखद भएको नेता केसीको भनाइ छ । केसीले संसद जनताका आजाव, पिडा र गुनासाहरु उठाइने र समाधान खोजिने थलो भएका कारण यति लामो समयसम्म संसदलाई बन्द गरिनु दुखद भएको बताउनुभएको हो ।

    एकपक्षले विरोध गर्ने अर्कोपक्षले बोल्न नदिने गरि चलिरहेको यो निरन्तरको अवस्थाले संसदको गरिमालाई गिराएको पनि नेता केसीको भनाइ छ ।


    शनिवार, श्रावण २७ २०८००९:१९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij