Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

लडाकुको एम्बुसमा परेर २० जना सुरक्षाकर्मी मारिए

लडाकुको एम्बुसमा परेर २० जना सुरक्षाकर्मी मारिए

  • शुक्रवार, श्रावण २६ २०८०

  • 862
    SHARES

  • लडाकुको एम्बुसमा परेर २० जना सुरक्षाकर्मी मारिए

    काठमाडौं। लडाकुले थापेको एम्बुसमा परी सिरियामा २० जना सुरक्षाकर्मी मारिएका छन्। मानवअधिकार सम्बन्धी कतिपय संस्थाले भने मृत्यु हुनेको संख्या अझै बढी हुनसक्ने भन्दै घाइतेको संख्या पनि कम्तिमा १० भएको जनाएका छन् ।

    आज दिर अज जोर प्रान्तको पूर्वी सहर मायादीनमा सुरक्षाकर्मी चढेको बस एम्बुसमा पारिएको थियो। सरकारले भने आईएसआईएलमाथि आक्रमणको आरोप लगाउँदै आएको छ।सन् २०१९ मा आईएसआईएललाई सरकारी फौजले हराए पनि यसका लडाकुहरू अझै सिरियाका विभिन्न स्थानमा आक्रमण सक्रिय छन् ।

    यसबीचमा प िउनीहरूले पटक पटक घातक हमला गरिसकेका छन् ।उक्त प्रान्त इरान र रुसको समर्थनको सिरियाली फौज र अमेरिकी समर्थनमा बनेको कुर्दीश नेतृत्वको लडाकुहरूको कब्जामा विभाजित छ।

    पछिल्लो समय आईएसआईएलले यस क्षेत्रमा सर्वसाधारणसहित कुर्दीश नेतृत्वका लडाकु र सरकारी सुरक्षाकर्मीहरूलाई निशाना बनाउँदै आएको छ।


    शुक्रवार, श्रावण २६ २०८००५:४९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij