Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न त डा. केसीको जीवन रक्षाको !’

‘सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न त डा. केसीको जीवन रक्षाको !’

  • शनिवार, आश्विन १७ २०७७

  • 1.0K
    SHARES

  • ‘सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न त डा. केसीको जीवन रक्षाको !’

    काठमाडौं । नेपाली कांगेसका युवा नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नुपर्ने बेला आएको बताउनुभएको छ ।

    २० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि सरकारले वास्ता नगरेको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत नागरिक तहबाट केसीको जीवन रक्षाको पहल गर्नुपर्ने बताउनुभएको हो ।

    नेता थापाले सरकारलाई जनताको स्वास्थ्य र डा. केसीको जीवन रक्षाको भन्दा बढी कसलाई सांसद र मन्त्री बनाउने भन्ने चिन्ता रहेको आरोपसमेत लगाउनुभएको छ ।

    ‘२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सरकार मस्त निद्रामा छ । सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको चिन्ता छ’ उहाँले लेख्नुभएको छ, ‘केवल सांसद र मन्त्री कसलाई बनाउने मात्र छ । त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं, डा. केसीको जीवन रक्षा गर, सहमतिको पालना गर !’

    विगतमा आफूसँग गरिएका सहमति कार्यान्वयन गर्न माग गर्दै डा. केसी २० दिनदेखि १९ औं सत्याग्रहमा रहनुभएको छ ।

    Capture.PNG

     


    शनिवार, आश्विन १७ २०७७०४:१३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij