Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यी हुन्, नक्कली नोटको छपाइदेखी कारोवारमा संलग्न गिरोहका नाइकेहरु...

यी हुन्, नक्कली नोटको छपाइदेखी कारोवारमा संलग्न गिरोहका नाइकेहरु...

  • शुक्रवार, श्रावण २६ २०८०

  • 696
    SHARES

  • यी हुन्, नक्कली नोटको छपाइदेखी कारोवारमा संलग्न गिरोहका नाइकेहरु...

    काठमाडौं। नक्कली नोटको छपाइदेखी कारोवारमा संलग्न गिरोहलाई काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लएको छ । काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित पक्राउ परेका नौ जनालाई आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

    हिजो लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा ठुलो मात्रामा नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो।

    त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपियाँ हजार दरका नक्कली नोट बरामद गरिएको थियो।

    एसएसपी कार्कीले भन्नुभयो,‘उनीहरुबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरिएको छ। उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ।’सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो।

    सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी,झापाका युवराज राई, अछामका अर्जुन बुढा,गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली छन् । उनीहरुलाई मुद्रा कसुर अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।


    शुक्रवार, श्रावण २६ २०८००४:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij